रमाईलो वनभोज तथा बधाई कार्यक्रम सम्पन्न
हरेक वर्ष जस्तै यस वर्ष पनि विद्यलयका शिक्षक, कर्मचारी कक्षा १०र १२का विद्यार्थी तथा अभिभावक हरुको रमाइलो वनभोज तथा बधाई कार्यक्रम यहि २०७३ पौष १० गते सिल्मिको फाटमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी जिल्ला शिक्षा कार्यालय पर्वतका जिल्ला शिक्षा अधिकारी श्रीमान रमेशराज पौडेल , विशिष्ट अतिथी शाखा अधिकृत राजेन्द्र बहादुर क्षत्री , अतिथी द्वय विद्यालय निरिक्षक उद्दिमराज पौडेल एवं स्रोतव्यक्ति भरत लम्साल लगायत आमन्त्रित सम्पूर्ण अभिभावक , शिक्षक , कर्मचारी , विद्यार्थी भाइ बहिनीहरुको गरीमामय सहभागिता रहेको कार्यक्रममा कक्षा ११ को वोर्ड परीक्षामा सम्मिलित ३४ जना विद्यार्थी मध्य धौलागिरि प्रथम , द्वितीय , तृतीय सहित ६ जना विशिष्ट , २६ जना प्रथम र २ जना द्वितीय श्रेणी गरी शत प्रतिशत उत्रिर्ण हुने सबै भाइबहिनीहरुलाई विशिस्ट अथिती तथा प्रमुख अथितिबाट मायाको चिनो वितरण तथा बधाई ज्ञापन गरिएको थियो ।उपस्थित अतिथिहरुलाइ स्वागत प्राचार्य इन्द्रमान खत्रीले र अध्यक्ष यम प्रसाद शर्माले धन्यवाद ज्ञापनगर्नु भएको कार्यक्रमको सन्चालन खेमराज शर्माले गर्नु भएको थियो । उक्त कार्यक्रममा धौलागिरी प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीहरु लाई मेडल समेत प्रदान गरिएको थियो
