Namuna was initially established at Tilahar V.D.C. Ward no 6 ,Dimuwa Due to national political situation it was  shifted to Kushma in 2060B.S.. It has its  own four buildings  with  sufficient play ground in the north east of main market. Namuna has been able to prove itself as a milestone in the academic identity of Parbat, and the region .In order to impart timely needed quality education in higher secondary level in private sector, Namuna was upgraded to the +2 level in 2068 B.S. with the MANAGEMENT and SCIENCE streams . From this coming year 2070 we are going to launch only MANAGEMENT stream in English and Nepali medium class with respect to cordial demands and valuable suggestions of our students, parents, teachers and well wishers . Under the  mentorship of highly committed faculty members, our students can enjoy the full prospect of curricular, co– curricular and extra curricular achievements

 

श्री आदरणीय शिक्षाप्रेमी महानुभावहरु ,
आजको आवश्यकता प्रविधियुक्त गुणस्तरीय शिक्षा भन्ने नारा सहित गुणस्तरीय शिक्षाका लागि प्रतिवद्ध हुँदै २०४५ सालमा स्थापना भई निरन्तर अघि बढीरहेको यस विद्यालयका बारेमा सामान्य परिचय बनीसकेको छ भन्ने कुरामा हामी विश्वस्त छौं । यद्यपी शिक्षा नै विकासको जग हो भन्ने कुरा बुझीसकेको वर्तमान समाजमा शिक्षाकै माध्यमबाट नयाँ प्रविधि,विषय भित्राउँदै र तिनको पर्याप्त प्रयोग गर्न र विभिन्न क्षेत्रबाट भित्रिएका विषय एवम् ज्ञानको विविधताले सुविधा पुगेको छ भने अर्कोेतिर छनौटको अवसरको र्सिजनाका साथै सो को प्रयोग गर्ने क्षमताको विकास हुन बाँकी नै छ । यसरी नै सुविधा र स्थान छनौटमा पनि त्यत्तिकै दुविधा र समस्या पर्ने गरेको पाईन्छ । शैक्षिक स्तरीयताको छनौटको आधार भनेको वार्षिक परीक्षाको नतिजा मात्र बनीरहेको हालसम्मको वातावरणमा कुन विद्यालय वा कलेज कहाँ छन वा कहाँ राम्रो पढाई हुन्छ भन्ने कुरा पनि अन्योल मै छ । हामीले राजधानी बाहिरका आम विद्यार्थी र तिनका अभिभावकले भोगेका र महशुस गरेका समस्यालाई मध्यनजर गर्दै विज्ञान र व्यवस्थापन संकायमा उच्च मा.वि. कक्षा ११ सञ्चालन तथा अध्यापन अनुमति लिईसकेको व्यहोरा सहर्ष जानकारी गराउँदछौं ।अतः आगामी शैक्षिक सत्र २०७०को आषाढदेखि व्यवस्थापन संकायमा कक्षा सञ्चालन हुनगईरहेको छ । पर्वत जिल्लाको हकमा निजी क्षेत्रमा पहिलो उच्च मा.वि.भएको र भाषाको माध्यम अंग्रेजीलाई प्राथमिकतामा राखेका छौं भनेसामुदायिक विद्यालयबाट आई पढ्न चाहनेका लागि नेपाली माध्यममा पनि कक्षा सञ्चालन गरीनेछ र कक्षा बिहान र दिउसो गरी २ सत्रमा सञ्चालन गरीनेछ ।
२०५६ बाट छात्र विक्रम शर्मा र छात्रा विनिता गुरुङ्गले धौलागिरि प्रथम भई थालेको यो यात्रामा हालसम्मका १० व्याचका २८४ जनाले आप्mनो फलामे ढोका हुँदै स्वर्णद्धार तर्पm प्रवेश गरीरहेका यिनै तथ्य र उपलब्धीलाई हामीले विद्यालयको उपलब्धी र गौरव मानेका छौं भने कतिपय विद्यार्थीहरुको पूर्ण विवरण प्राप्त हुन बाँकी भएपनि प्राविधिक तथा राम्रो विषयमा अध्ययन गर्दै देश र विदेशमा आप्mना रुचीका विषयमा राम्रो परिचय बनाएको जानकारी हुन आएको छ । यसै उपलब्धीको जगमा उभिएर अब हामी उच्च मा.वि. सञ्चालन गर्दै तपाईंहरुको आगामी अध्ययन अध्यापनलाई पूर्ण व्यवस्थित बनाउने जिम्मेवारी वोधका साथ अघि बढ्ने विश्वास दिलाउन चाहन्छौं । यसरी नै अतिरिक्त क्रियाकलापका क्षेत्रमा पनि विद्यालयले अपार सफलता प्राप्त गरीरहेको छ । २०६१ मा भएको विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा श्री दिपेन्द्र गुरुङ्ग प्रथम भएका थिए भने २०६५ मा नेपाल रेडक्रस सोसाईटीद्धारा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा श्री सज्जन पौडेल प्रथम भएका थिएर अन्य जिल्लास्तरीय अनेकौं प्रतियोगितामा उत्साहजनक सफलता प्राप्त गरीरहेका छन् । यसरी नै पश्चिमाञ्चल विकास क्षेत्रस्तरीय शैक्षिक प्रदर्शनीमा २०६१देखि २०६५सम्म लगातार विधागत तर्पm प्रथम र समग्रमा सर्वप्रथम भएर अभिलेख राखेको छ जुन अभिलेख हालसम्म कसैले तोड्न सकेको छैन । यिनै तथ्यहरुलाई केलाउँदै लगनशील र आप्mनो निश्चत लक्ष्य प्राप्तिमा समर्पित विद्यार्थीले नमुना आवासीय उच्च माद्यमिक विद्यालयमा प्रवेश गरी पुनः उच्च अभिलेख बनाउने अवसर हामी दिलाउन चाहन्छौं र सक्छौं ,आउनुहोस् ,निश्चिन्त रहेर अध्ययन गर्नुहोस् सुन्दर सपना लिएर पढ्नुहोस् र हामी उज्ववल भविश्य दिएर पठाउने छौं ।
पढ्ने के ?यो विषयमा कसैले पनि ठोस तर्क दिन सक्तैन र संभव पनि छैन ,फलतः दुविधा नगरी आप्mनो लक्ष्य निर्धारण गर्नुहोस् ,जीवन व्यवस्थापनबारेमा सिकाउने लक्ष्य नै व्यवस्थापन विषयले लिएको छ । राम्रा विषय र रोजाई धेरै छन् आप्mनो लक्ष्य,उद्येश्य र कार्य योजना बनाउनुहोस् , सल्लाह र शिक्षा हामी दिनेछौं ,स्थानीय ठाउँको यो संस्था तपाईं हामी सबैको भरोसा योग्य संस्था बन्नेछ । यातायातको जोखिम,खर्चको भार कम अनि सुरक्षा प्रति अभिभावकको चिन्ता र स्तरीय शिक्षाको खोजीको तृष्णा मेटाउनु नै हाम्रो जिम्मेवारी र सहकार्यको मर्म हो ,त्यसैले तपाईंको आगमनका निमित्त हार्दिक निमन्त्रणा गर्दै सुविधा र सेवाका निमित्त हामी आतुर अनि तत्पर छौं अतः तपाईंहरुले पर्खीरहनु भएको एस.एल.सी.मा उच्च सफलताको कामना गर्दै कक्षा ११मा यहाँहरुलाई स्वागत गर्न चाहन्छौं ।