Oh God
Be with me
Through this day
Guide me
At home, At school, At play
बाल वन्दना
प्रणाम गर्छु गुरुलाई, दुवै हात जोडी
केही सिक्न आएको छु, प्यारो घर छोडी
देवसरी गुरुजन, आदर सम्मान गर्छु
साथ दिनुस् हजुरकै, शरणमा पर्छु ।।
१
नमुना यो ज्ञानको मन्दिर, भगवानको छाँया
साथीभाइ सवैलाई, बराबरी माया
आमा जस्तै गुरुमा छन्, बाबा जस्तै गुरु,
यहीँबाट हुन्छ मेरो, नवजीवन सुरु ।।
२
समयमै स्कुल आउँछु मेहनती बन्छु
ठुलो होइन असल बन, सवैलाई भन्छु
अरनिको वुद्ध सीता, भृकुटीका गाथा
विश्व सामु चिनाउनुछ, हाम्रो सगरमाथा ।।
३
वातावरण जोगाउनुछ, सिँगार्नु छ धरा
पौरखले बनाउनु छ, धर्ती हराभरा
असल ज्ञान दिनुहोला, मलाई यसैगरी
मुटुभित्र देशभक्ति, राख्छु सधँैभरी ।।
मुटुभित्र देशभक्ति, राख्छु सधँैभरी ।।
राख्छु सधँैभरी ।।
४
रचना खेमराज शर्मा चापागाईं