नमुनाको खेल मैदानमा गुड्यो रिमोट गाडी र उड्यो ड्रोन
काठमाण्डौं ईन्जीनियरिङ्ग कलेजको सहकार्यमा पर्वतका नमुना आवासिय उच्च माबिका बिद्यार्थीहरुले पर्वतको आकाशमा ड्रोन क्यामरा उडाएका छन् ।
बदलिदो बिश्व परिवेशलाई ध्यान दिँदै नेपालमा नयाँ प्रबिधीको बिकास गर्ने अभिप्रायले पर्वत सदरमुकाममा बिज्ञान बिषयका बिद्यार्थीहरुलाई लक्षित गरि यो तालिम दिइएको नमुना आबासिय माबिका प्रिसिपल ईन्द्रमान खत्रीले बताए ।
तालिम दिन काठमाण्डौं देखि आएका काठमाण्डौं ईन्जीनियरिङ्ग कलेजका बिद्यार्थीहरुले यो बिषयमा उनीहरुलाई ३ दिने कार्यशाला चलाएका थिए ।
उक्त कार्यशालाका सम्बन्धमा ईन्जीनियरिङ्ग कलेजका बिद्यार्थी सागर लामिछाने भने हामीले बिश्बले बनाएका प्राबिधिक बस्तुहरु प्रयोग गरेका छौं तर तिनिहरु कसरी बनेका छन् भन्ने बारेमा जानकारी छैन त्यहि कारण हामीहरु परनिर्भर हुन परेको छ ।
त्यसतै पर्वत पाङ्ग घर भएका काठमाण्डौं ईन्जीनियरिङ्ग कलेजका अर्का बिद्याथी तथा यो तालिम टिमका कोअडिनेटर माधब रिजालले अगाडी थपे यहाँका बिद्यार्थीमा सिक्ने क्षेमता निकै राम्रो छ उनीहरुलाई धेरै कुरा थाहा छ तर कसरी के गरेर निमार्ण गर्न सकिन्छ भन्ने मात्रै ज्ञान छैन हामीहरुले यो तिन दिनमा त्यो दिएका छौं ।
प्र्वतमा प्रबिधीको बिकास तथा आफुले अध्यायन गरेको बिषय कार्यान्ययन गराउने उद्येश्यले यो कार्यक्रम आयोजना गरिएको नमुना आबासिय उच्च माबिमा भाईस प्रिन्सीपल खेमराज शर्माले बताए ।
शर्माले भने सधै आकाशमा उडेका प्लेन हेरीरहेका बिद्यार्थीहरुलाई त्यो कसरी उड्छ भन्ने बारेमा जानकारी पाउनु, डोजर चलेको देखेकाहरुले कसरी चल्दो रहेछ भन्ने जानकारी पाउनु साथै ड्रोन क्यामरा कसरी उड्छ र तस्बिरहरु कसरी कैद गर्छ भन्ने बारे जानकारी पाउँनु गौरबको कुरा भएको बताए ।
नमुना आबासिय उच्च माबिमा आयोजना भएको यो प्राबिधिक तालिम तिन दिन सम्म चलेको र आज बिद्यार्थीहरुले
काठमाण्डौं ईन्जीनियरिङ्ग कलेजका बिद्यार्थीहरु रबि गुरौं, सागर लामिछाने, आसिष जैसवाल, मनिस अधिकारी र टिम कोअडिनेटरमा माधव रिजाल
आफुले निर्माण गरेका प्राबिधिक बस्तुहरुलाई सफल परिक्षण पनि गरेका छन् ।
यसले पर्वतका बिद्यार्थीहरुमा प्राबिधिक क्षेमताको बिकास भएको बताइएको छ ।
पर्वत सदरमुकामका कुश्मा बजारका ५ बिद्यालयका करिब ५० जना भन्दा बढी बिद्यार्थीहरुलाई दिएको सो तालिममा काठमाण्डौं ईन्जीनियरिङ्ग कलेजका बिद्यार्थीहरु रबि गुरौं, सागर लामिछाने, आसिष जैसवाल, मनिस अधिकारी र टिम कोअडिनेटरमा माधव रिजाल रहेका थिए । तालिम आज समापन भएको छ ।
थप भिडियो हेर्न का लागि नमुनाको फेस बुक पेज हेर्नुहोस


