प्रदेश स्तरीय सामाजिक बिषयको हाजिरि जवाफ प्रतियोगितामा नमुना द्वितीय
हार्दिक वधाई ! हार्दिक वधाई !! हार्दिक शुभकामना !!!
सामाजिक अध्ययन मञ्च कास्कीले मिति २०७५/०९/०७ र ०८ गतेका दिन पाेखरा स्थित मदरल्याण्ड मा वि मा अायाेजना गरेको गण्डकी प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा गण्डकी प्रदेशका जम्मा ७४ विद्यालय बीचकाे प्रतिस्पर्धामा द्वितीय स्थान प्राप्त गर्दै पर्वतको शैक्षिक प्रतिष्ठा अभिवृद्धि गर्न सफल नमुना आ मा वि का मेधावी विद्यार्थीहरु सन्देश पौडेल, दिप्ती पाण्डेय, दिनेश शर्मा र शुसन के सी लाई हार्दिक वधाई तथा धन्यवाद व्यक्त गर्दै विषय शिक्षक तथा उप प्राचार्य खेमराज शर्मा चापागाईं संयोजक शिक्षक इन्द्र क्षेत्री, सबै शिक्षक कर्मचारी र कक्षा १० का सबै प्यारा विद्यार्थी लगायत समय व्यवस्थापन र सहयाेग गर्ने उहाँहरुकाे अभिभावक एवम् परिवारजन समेत सबैलाई सधन्यवाद अाभार व्यक्त गर्दछौं ।
साथै यस अवसरमा कार्यक्रम अायाेजक प्रायाेजक तथा विभिन्न माध्यमबाट हामीलाई वधाई दिनुभई हाैसला बढाउनुहुने सबै शुभेच्छुक महानुभावहरुमा हार्दिक अाभार व्यक्त गर्दछौं । उक्त प्रतियोगितामा रु १५ हजार नगद ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो .
