नमुनामा तिज गीत प्रतियोगिता सम्पन्न ।

यस् विद्यालयको साप्ताहिक अतिरिक्त कार्यक्रम अन्तर्गत यही भाद्र १७ गते अन्तर्सदनात्मक तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । चार सदन समुहका कुल १३ टीम को सहभागिता रहेको उक्त प्रतियोगीतामा शिक्षा सम्बन्धी गीत र न्रित्यहरु प्रस्तुत गरिएको थियो । देउपुर ९ पातिचौर निवासी शिक्षासेबी श्री बुद्धी प्रसाद तिवारी प्रमुख अतिथी तथा विद्यालका प्राचार्य ईन्द्रमान खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन छात्रा द्वय अनिसा रिजाल र अनुजा जिसी ले गरेका थिए । उक्त्त अवसरमा प्रमुख अतिथीले मन्तब्यको रुपमा तिज गीत र कबिता प्रस्तुत गर्नुभएको थियो ।सह प्राचार्य खेमराज शर्माको स्वागत तथा कार्यक्रम संयोजक जलन खत्रिले धन्यवाद मन्तब्य राख्नुभएको उक्त प्रतियोगितमा प्रथम देखी सान्त्वना स्थान प्राप्त गर्ने छात्रछात्राहरुलाई विद्यालय व्यबस्थापन समितीका अध्यक्ष यम प्रसाद शर्माले नगद तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
