नमुना स्टुडेन्ट वेलफेर क्लब द्वारा जिल्लाकै ठुलो धनरासीको पश्चिमान्चल क्षेत्र स्तरीय क्रिकेट प्रतियोगिता आयोजना



नमुना स्टुडेण्ट वेलफेयर क्लवद्धारा पर्वतमा पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को आज उद्घाटन भएको छ । शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा आजबाट शुरु भएको खेलको गणपती एस.पि. सुर्दशन प्रसाद शर्मा सिलवालले उद्घाटन गर्नुभएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गणपती सिलवालले खेलकुदले मानिसको अतिरित्त क्षेमता बिकास गर्ने भएकोले शिक्षालाई खेललाई सँग सगै अगाडी बढाएकोमा बिद्याथीहरुलाई धन्यावाद दिनुभएको थियो ।
पर्वतमा हालसम्मकै सबै भन्दा ठुलो धनराशीको रहेको क्रिकेट प्रतियोगितामा १६ टिमले भाग लिएका छन्
यहि कार्तिक ९ गते अर्थात आजबाट देखि १३ गते सम्म कुश्मा बजारको शसत्र चण्डीका गणको खेल मैदानमा खेल संचालन हुने आयोजक संस्था नमुना स्टुडेण्ट वेलफेयर क्लव सल्लाहाकार सुबास गिरीले जानकारी दिए ।
आजबाट शुरु भएको पर्वत कै सबैभन्दा ठुलो धनराशी भएको क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार २६, ६६६ रुपैया ट्रफी मेडल र प्रमाणपत्र, दोस्रो १३,३३३ रुपैया, ट्रफी मेडल र प्रमाणपत्र रहेको सचिव धनराज सुबेदीले बताए । आज कार्यक्रमको उद्घाटन शत्रमा प्याप्सन पर्वतका अध्यक्ष हिम बहादुर पौडेल, नमुना आवासिय उच्च माबिका प्रिन्सीपल ईन्द्रमान खत्री, लगायतले मन्तब्य दिएका थिए ।
आज उद्घाटन खेलमा रक्की ११ पोखराको टिम र डि.डि.सी. बाग्लुगंको बिचमा खेल चलिरहेको र सो खेल १६ ओभरको हुने छ ।
नमुना स्टुडेण्ट वेलफेयर क्लव का अध्यक्ष अर्पण केसीको अध्यक्षतामा भएको उद्घाटन शत्रमा स्वागत मन्तब्य सचिव धनराज सुवेदी र संचालन क्लवकी सदस्य सरिता अधिकारीले गरेकी थिईन ।
प्रतियोगिताको मिडिया पाटर्नरको रुपमा सुचनाकेन्द्र डटकम, सहारा न्युज दैनिक, कालिगण्डकी टिभी, र शालीग्राम एफ एम रहेका छन् ।
