कक्षा १ र २ का विद्यार्थीहरुकालागी अभिभावक विद्यालय अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना
आदरणीय अभिभावकज्यू नमस्कार, यस वर्ष वैशाख १२ गतेबाट हालसम्म अनलाइन कक्षा नियमित चलिरहेको छ । यस अवधिमा पढाइका बारेमा विद्यार्थी र अभिभावकज्यू ले के कस्तो अनुभव गरि रहनु भएको छ र अझ स्तरीय बनाउन विद्यालयले के कसरी व्यवस्थापन गर्नु पर्छ र तपाईंहरूको सुझाव संबन्धमा छलफल गर्नका लागि भोलि २०७८।०२।१०गते सोमबार ठीक ४.३० बजेबाट लगभग २ घण्टा आफ्ना बाबुनानी सँग अनलाइनमा उपस्थित भई दिनुहुन अनुरोध छ
