नमुनामा बिदाई कार्यक्रम ।
एस इ इ ब्याच 2073 का विद्यार्थीहरुका लागि कक्षा ९ का विद्यार्थीहरुले एक भब्य कार्यक्रम गरि विदाइ गरेका छन । कक्षा ९ का छात्र अनिस लामिछनेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम प्रसाद शर्मा प्राचर्य इन्द्रमान खत्री र सह प्राचार्य खेमराज शर्माले परिक्षामा उच्च अङ्क सहित उत्रिण हुनका लागि शुभकामना दिनु भयो ।कक्षा १०का विद्यार्थी द्वय निराजन पौडेल र सविना चापागाईंले आफ्ना अनुभव राखेका थिए ।कक्षा ९का छात्रा द्वय निरुता पौडेल र प्रेरणा शर्माले सन्चालन गरेको कार्यक्रममा सागर पौडेल र प्रतिक्षा सुवेदीले स्वागत र शुभकामना मन्तब्य दिएका थिए ।उक्त कार्यक्रममा विद्यार्थिहरु लाई मायको चिनो वितरण गरिएको थियो ।


