नमुना आवासीय उच्च माविको २३औ वार्षिकोत्सव एक भव्य कार्यक्रम गरि मनाइएको छ
नमुना आवासीय उच्च माविको २३औ वार्षिकोत्सव एक भव्य कार्यक्रम गरि मनाइएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रमान खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रम मा शैक्षिक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरु र अभिभावकहरु लाई विभिन्न पुरस्कार प्रदान गरिएको थियो । समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरु भोला नाथ शर्मा र गणेशकुमार जि.सी. लाई सम्मान हेल्पीङ हेण्डस अस्पताल फलेवार र पर्वत जिल्ला अस्पताललाइ सहयोग सामाग्रि (आर्म चियरहरु) वितरण गरिएको उक्त कार्यक्रमा विद्यार्थी हरुले थुर्पै सांस्कृतिक कार्यक्रम प्रश्तुत गरेका थिए । विद्यालयका प्रिन्सिपल यम प्रसाद शर्माले विद्यालयको गतिबिधि प्रस्तुत गर्नु भएको थियो । विद्यालयका सहायक प्राचार्य खेमराज शर्मा शिक्षकहरु इन्द्र क्षेत्री, विष्णु रिजाल, रमेस श्रेष्ठ लोक प्रसाद पौडेल, र शर्मीला पौडेल सम्मानित हुनुभएको थियो । मितेरी विद्यालय श्री पञ्चकोशी प्रावि चित्रे लाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । उक्त कार्यक्रममा भु पु विद्यार्थी मञ्च का अध्यक्ष ओम वम मल्ल समाजसेवी भोलानाथ शर्मा विद्यालय स्रोत व्यक्ति नारायण शर्मा विद्यालय निरिक्षक खेम आचार्य तथा प्रमुख अतिथि स्थानिय विकास अधिकारी ले मन्तव्य राख्नु भएको थियो ।
हार्दिक वधाई
यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री इन्द्रमान खत्री तथा नेपाली शिक्षक श्री भविलाल शर्मा शिक्षा कार्यालय बाट २०६९ को शिक्षा पुरस्कार पुरस्कृत हुनु भएकोमा हार्दिक वधाई व्यक्त गर्दर्छौ ।
खेम राज शर्मा यम प्रसाद शर्मा
उप प्राचार्य प्राचार्य तथा सम्पुर्ण विद्यालय परिवार श्री नमुना आवासीय उच्च माद्यमिक विद्यालय कुस्मा पर्वत
