श्री नमुना आ.मा बि कुस्मा मा विदार्ई कार्यक्रम सम्पन्न
श्री नमूना आवासीय माद्यमिक विद्यालय कक्षा नौ मा अध्ययनरत विद्यार्थी हरुले ९क्ीऋ द्यबतअज द्दण्टड० का विद्यार्थीहरु लाई एक भब्य कार्यंक्रमको आयोजना गरि विदाई गरेका छन् । कक्षा नौ का प्रथम छात्र मिलन राज वि.क. को सभापतित्वमा आयोजित उक्त कार्यक्रममा सञ्चालन भावना सुवेदी स्वागत मन्तव्य सिजन तिवारी र मिलन अधिकारी ले गरेका थिए भने गान्धी शर्मा, रक्षा तिवारी र मिना कार्की ले विदाई गित र नृत्य प्रस्तुत गरेका् थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि को रुपमा विद्यालयका प्रिन्सिपल यम प्रसाद शर्मा विदाई हुने विद्यार्थीहरु सन्तोष रिमाल, कल्पना पौडेल र विद्यालयका सहायक पिन्सिपल खेमराज शर्मा ले विदाई मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा विद्यालयका प्राचार्य यम प्रसाद शर्मा ले टिका र कक्षा शिक्षक देवराज अर्यालले उपहार प्रदान गर्नु भएको थियो ।
