Parents letter 2073
श्री आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरु, मिति २०७३।१२।११
यसवर्ष २०७३ को अन्तिम परीक्षासँगै यस शैक्षिक सत्रबाट लागू भएको शैक्षिक प्रणाली अनुसार विद्यालय तहका रुपमा कक्षा १० को परीक्षा (Secondary Education Examination) व्यवस्थित तथा सन्तोषजनक रुपमा सम्पन्न भई विद्यालयबाट अनौपचारिक विदा दिई पठाई रहेका छौं । शिक्षाका लागि लामो अवधिसम्म बाबुनानीहरु लाई जिम्मा दिनुभई यहाँहरुले पुयाउनु भएको सबै सहयोग प्रति हार्दिक आभारीका साथ थप उत्तरोत्तर प्रगतिको कामना गर्दछौं । यस शैक्षिक सत्रमा बन्द हड्ताल अत्यन्त कम भएका कारण नियमित र व्यवस्थित रुपमा अधिकतम कक्षा सञ्चालन भएको थियो । अभिभावक र विद्यार्थी हरुको शिक्षा प्राप्त गर्ने तिब्र चाहनालाई थप विकसित, परिमार्जित गर्दै समयसापेक्ष परिवर्तनका लागि विषयगत प्रविधिको प्रयोगका साथ आन्तरिक र वाह्य तालिम , विद्यालय र अभिभावक बीच अन्र्तक्रिया गर्दै सबै विद्यार्थीलाई प्रविधिको नयाँ युगमा प्रवेश गराउन अधिकतम प्रयास गरेका छौं । जीवन उपयोगी शैक्षिक ज्ञान र सीपको प्राप्ति नै असल,समुन्नत र भेदभाव रहित समाज निर्माणको मुख्य शक्ति हो तसर्थ असल तथा नैतिक शिक्षा पाएमा कोही मानिस पनि वेरोजगार र दुःखी हुँदैन, ऊ परिवार, समाज,विद्यालय र देश प्रति सधैं आभारी हुन्छ भने कर्तव्य पथबाट कहिल्यै विचलित वा निराश हुँदैन । यिनै परिकल्पना पूरा गर्न हालसम्म विद्यालयबाट गरिएका शैक्षिक क्रियाकलापमा यहाँहरुको नियमित सल्लाह, सुझाव र सहयोगले हामीलाई निरन्तर हौसला मिलिरहेकामा आभाार व्यक्त गर्दै आगामी दिनमा पनि थप सहयोगका लागि पुनःअनुरोध गर्दछौं । आदरणीय अभिभावकज्यूहरु ,विगत वर्षमा भैंm यस वर्ष पनि विद्यालयले शिक्षक विद्यार्थीहरुको प्रत्यक्ष सहभागितामा धेरै भन्दा धेरै आन्तरिक र जिल्लाका अधिकांश कार्यक्रम तथा खेलकूद प्रतियोगिताहरुमा भाग लिई अभ्यास गर्ने ,अनुभव लिने तथा आफ्नो प्रतिभा प्रष्फुटन गर्ने गहन अवसर प्रदान गरेको छ र यस वर्षका कार्यक्रममा विद्यार्थीहरुले आन्तरिक कक्षागत,अन्तरसदनात्मक तथा तहगत विविध कार्यक्रमका प्राप्त पुरस्कार र प्रमाण पत्रहरु तत्काल वितरण गरी विद्यार्थीहरुलाई प्रोत्साहन र सम्मान गरिएको छ । उच्च शिक्षाका लागि पाईला चाल्ने सपना देखिरहेका यी विद्यार्थीका लागि ती सबै मायाको चिनोका रुपमा रहनेछन् र यस.इ.इ. परीक्षाको नतिजाले थप विशेष महत्व राख्नेछ र सदा झैँ यस वर्ष पनि उत्कृष्ट नतिजा प्राप्त हुने कुरामा हामी पूर्ण विश्वस्त पनि छौं । परीक्षापछि विद्यार्थीहरुले उच्च शिक्षाका लागि आफ्नो सोच र कार्य योजनाको तयारी गर्नुपर्ने हुन्छ र यस अवधिमा विना अध्ययन खाली बस्दा विद्यार्थीलाई थप अन्योल सिर्जना पनि हुनसक्छ । अतः यथोचित जानकारी सहित अध्ययनलाई नियमित राख्नुहुन पनि सुझाव गर्दछौं । आदरणीय अभिभावकज्यू तथा विद्याथी भाइबहिनीहरु , वर्तमानको आवश्यकता अनि सरकारको वर्तमानको नीति अनुरुप यस विद्यालयले पनि उच्च शिक्षाका रुपमा कम्प्युटर विषय सहित व्यवस्थापन संकायका कक्षा ११ र १२ सञ्चालन गरिआएको विदितै छ र हालसम्मका तीन व्याचका सबै विद्यार्थीहरुले कक्षा ११ र १२ का सबै नतिजामा यस पश्चिमाञ्चल क्षेत्र भरमै उत्कृष्ट अङ्क सहित अग्रता हासिल गरिआएको व्यहोरा अनुरोध छ । शैक्षिक वर्ष २०७१ मा एस.एल.सी.मा संलग्न ५१ जना मध्ये ३२ जनाले विशिष्ट श्रेणी र १९ जना प्रथम श्रेणीमा उत्तीर्ण गरेकोमा छात्र गान्धी शर्माले प्राप्त गरेको अङ्क ७४४ अर्थात ९३% सहित देशभरमा छैटौं स्थान हासिल गरी पर्वत जिल्ला र धवलागिरि अञ्चलमा रचेको एउटा अभूतपूर्व इतिहास हो र उच्च मा.वि. तहको व्यवस्थापन ९ःब्ल्ब्न्भ्ःभ्ल्त्० विषयमा हाम्रा विद्यार्थीहरुले गत वर्ष भैंm यस वर्ष पनि पश्चिमाञ्चल भरिमै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । प्रथम व्याचका कक्षा ११र १२ को परीक्षामा सहभागी २७ विद्यार्थीहरु मध्ये १३ जना विशिष्ट श्रेणीे (दर्शन तिवारी ८३.४०% (छात्र तर्पm धवलागिरि प्रथम ) (सुस्मिता शर्मा ८३.२०% (छात्रा प्रथम ) सहित १४ जना प्रथम श्रेणी र १ जना द्वितीय श्रेणीमा र शैक्षिक वर्ष २०७१ को कक्षा ११ का ३६ जना मध्ये प्रियङ्का कुमारी साह (८३.२०%) भविष्यबहादुर थापा ८१.६० % र जुलन कर्माचार्य ८१.४०% सहित १० जनाले विशिष्ट श्रेणी र अरु सबै प्रथम श्रेणी र यस वर्ष २०७३ को कक्षा ११को नतिजामा पनि धनराज सुवेदी र कल्पना श्रेष्ठको ८० %सहित ७ जनाले विशिष्ट श्रेणी २६ जना प्रथम श्रेणी र २ जना द्वितीय श्रेणी गरी हालसम्म शतप्रतिशत विद्यार्थी उत्तीर्ण भई आएका छन् । अतः व्यवस्थापन विषयको वर्तमानको बजार आकर्षण र संभाव्यतालाई मध्यनजर गरि यस विषयको अध्ययन गर्नु गराउनु भएमा अवश्य पनि हाम्रो विद्यालयले ससम्मान यहाँसँगको संबन्धलाई निरन्तरता दिँदै थप सेवा सुविधा सहित स्तरीय शिक्षा प्रदान गर्ने व्यहोरा पनि अनुरोधका साथ आगामी २०७४ आषाढमा पुन सुखद भेटको प्रतीक्षा गरिरहेका छौं । साथै यस SEE परीक्षाको नतिजा संभवतः आषाढ महिनाको शुरुमा निस्कने गरी आएकोमा सो नतिजा निस्केको तेश्रो दिनमा हामीले सबै विद्यार्थीहरुलाई औपचारिक रुपमा वधाई ज्ञापन तथा विदाई गर्ने व्यहोरा जानकारी गराउँदै सो समयमा आप्mना अभिभावकज्यू सहित अनिवार्य उपस्थितिका लागि पनि अग्रिम जानकारीका साथ अनुरोध गर्दछौं । अन्त्यमा विद्यालय तपाईं हामी सबैको शैक्षिक तथा व्यवहारिक सिकाई अभ्यासको साझा घर हो र यसको विकासमा निरन्तर गतिशील भई सिर्जनशीलता विकास गर्र्ने कार्यमा यहाँहरु सबैबाट भईआएको सहयोग प्रति हार्दिक आभार धन्यवाद प्रकट गर्दै आगामी दिनमा थप सहयोग, सल्लाह र सुझावको पूर्ण अपेक्षाका साथ हाम्रो घरमा आईरहेको नयाँ वर्ष तथा शैक्षिक सत्र २०७४ को सुखद अवसरमा सम्पूर्ण अभिभावकज्यूहरु,विद्यार्थी समेत आम शुभेच्छुक शिक्षासेवी महानुभावहरु मा सुख,शान्ति,सम्वृद्धि एवम् उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्दछौं । साथै नयाँ शैक्षिक सत्र २०७४ का लागि २०७४ वैशाख ५ गते बाट नर्सरी देखि १० सम्मका कक्षाहरु नियमित संचालन हुने व्यहोरा पनि अभिभाबक तथा विद्यार्थी बर्गमा जानकारी गराउन चाहन्छौ
नमुना आवासीय माध्यमिक विद्यालय परिवार कुश्मा पर्बत updated by @khem
