तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नमुना दोस्रो
मिति २०६९ वैशाख २०
पर्वत जिल्ला खेलकुद विकास समिति ले यहि वैशाख १६देखि १९ सम्म आयोजना गरेको तेस्रो जिल्ला स्तरिय राष्टपति रनिङ शिल्ड प्रतियोगितामा नमुना आवासिय माद्यमिक विद्यालय कुस्मा ले ४ स्वर्ण, ५ रजत र ३ कास्य गरि कुल १२ पदक सहित दोस्रो स्थान हासिल गर्न सफल भएको छ । जसअनुसार विद्यार्थी खेलाडिहरु सरिता अधिकारी ४०० मि दौड मा प्रथम र ४ह१०० मि रिले मा द्धितीय, सुवास के.सि. ४०० मि दौड मा प्रथम ४ह१०० मि रिले मा १्र०० मि दौडमा द्धितीय र हाइजम्पमा तृतीय, विपिन क्षेत्री २०० मि दौड मा प्रथम ४ह१०० मि रिले मा प्रथम र लङ्गजम्पमा द्धितीय, प्रसन्न के.सि ४ह१०० मि रिले मा प्रथम,सफल श्रेष्ठ ४ह१०० मि रिले मा प्रथम, ममता क्षेत्री ४ह१०० मि रिले मा द्धितीय ज्याभलिङ थ्रो मा तृतीय हाइजम्पमा तृतीय,राजु पुन ज्याभलिङ थ्रो मा द्धितीय सटपुटमा द्धितीय, सपना पौडेल ४ह१०० मि रिले मा द्धितीय,अम्रिता शर्मा ४ह१०० मि रिले मा द्धितीय स्थान प्राप्त गर्न सफल भएका छन् ।
