नमुना आवासीय माद्यमिक विद्यालय कुस्मा मा धौलागिरि अन्चल नि.मा.वि स्तरिय हाजिरिजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न
मिति २०६८ फागुन १९ गते
पर्वत जिल्लाको सदरमुकाम स्थित नमुना आ.मा.वि मा धौलागिरि अञ्चल स्तरिय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नमुना स्काउट टु्रप ले आयोजना गरेको उक्त कार्यक्रममा धौलागिरि अचंलका २७ विद्यालय सहभागि औपचारिक कार्यक्रमको अध्यक्षता नमुना आमाविका प्राचार्य यम प्रसाद शर्माले गर्नुभएको थियो । उतm कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि निमित्त जिल्ला शिक्षा अधिकारि ठाकुर जि तिवारी ले विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्न र उनिहरुलाई समयको माग अनुरुप को शिक्षण का लागि अतिरिक्त क्रियाकलापको महत्वपुर्ण भुमिका रहने र शिकाइका नाममा पुराना थोत्रा सिद्धान्तहरुलाई घोकाउने प्रवृत्ति हटाउनु पर्ने कुरा वताउनु भयो । कार्यक्रममा विभिन्न विषयका बिधागत रुपमा प्रश्नहरु सोधिएको थियो । साथै सामान्यज्ञान र समसामयिक प्रश्नहरुले विद्यार्थीको ध्यान केन्द्रीत गरेको थियो।
कार्यक्रम मा नमुना आ.मा.वि कुस्मा ले प्रथम स्थान, आर्दश आ.मा.वि कुस्माले द्धित्तिय स्थान आइवल एकेडेमि र देउपुर नमुना आ.मा.वि ले तृतिय स्थान तथा सिद्धार्थ सदन वाग्लुङ र आदर्श विद्यामन्दीर वाग्लुङले शान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । स्काउट शिक्षक इन्द्र क्षत्रि को संयोजन मा सम्पन्न उक्त कार्यक्रममा स्वागत स्काउट सदस्य भावना सुवेदि तथा संचालन स्काउट अनुपा तिवारिले गर्नु भएको थियो ।
