नमुना स्टुडेन्ट वेलफेर क्लब द्वारा जिल्लाकै ठुलो धनरासीको पश्चिमान्चल क्षेत्र स्तरीय क्रिकेट प्रतियोगिता आयोजना

श्री नमुना आवासीय उ मा वि कक्षा ११ र १२मा अध्ययनरत विद्यार्थीहरुको संस्था नमुना स्टुडेन्ट वेलफेर क्लबले २०७३ कार्तिक ९ देखि १२ गते सम्म पश्चिमान्चल क्षेत्र स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको छ .पश्चिमान्चल क्षेत्रका कुल १६ समूहले भाग लिने उक्त क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार २६,६६६ रुपैया ट्रफी मेडल र प्रमाणपत्र, दोस्रो १३,३३३ रुपैया, ट्रफी मेडल र प्रमाणपत्र रहेको छ भने खेलमा सहभागी हुनको लागि टिम दर्ता शुल्क २८०० रुपैया रहेको धनराज सुबेदीले बताए । प्रतियोगिताको मिडिया पाटर्नरको रुपमा सुचनाकेन्द्र डटकम, सहारा न्युज दैनिक, कालिगण्डकी टिभी, र शालीग्राम एफ एम रहेका छन्
